२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

सोलुखुम्बुको स्याङ्बोचेमा ‘सगरमाथा नेक्स्ट’ सञ्चालनमा

सोलुखुम्बुको स्याङ्बोचेमा ‘सगरमाथा नेक्स्ट’ सञ्चालनमा

काठमाडौं । सात वर्षको योजना र निर्माणपछि सोलुखुम्बुको स्याङ्बोचे (३,७७५ मिटरको उचाइ) मा ‘सगरमाथा नेक्स्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । नाफारहित वितरण गर्ने हिमालयन म्युजियम एण्ड सस्टेनेबल पार्कले २३ मे २०२२ मा ‘सगरमाथा नेक्स्ट’को उद्घाटन गरेको हो ।

उद्घाटन कार्यक्रममा सोनम ग्याल्टजेन (संसद सदस्य), अरुण सराफ (सराफ फाउण्डेशन), रेनहोल्ड मेस्नर (प्रसिद्ध पर्वतारोही), फुर्वा टाशी (२१ पटक सगरमाथा आरोहण गर्ने स्थानीय आरोही) लगायत उपस्थित थिए । साँझ अबेरसम्म चलेको कार्यक्रममा खुम्बु क्षेत्रका (खुम्जुङ, खुन्दे, नाम्चे, फोर्टसे, थामे, थामोलगायत) का तीन सयभन्दा बढी स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

‘सगरमाथा नेक्स्ट’ पवित्र हिमालहरूको पुनस्र्थापना, फोहोर व्यवस्थापनका चुनौतीहरूलाई सम्बोधन गर्न र राष्ट्रिय निकुञ्जमा दीगो पर्यटन प्रवद्र्धन गर्न समर्पित केन्द्र भएको बताइएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘जसरी प्रिज्मले साधारण प्रकाशलाई रङको फटमा परिणत गर्छ, त्यसरी नै सगरमाथा नेक्स्टले फोहोरलाई कलामा परिणत गर्ने र पृथ्वीका अग्लो चुचुराहरूमा बस्नेहरूका लागि आशाको अद्भुत किरणहरू सिर्जना गर्नेछ ।’

त्यस्तै सगरमाथा नेक्स्टले सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई समर्थन गर्ने र समुदायले सामना गर्ने फोहरका चुनौतीहरूको समाधानको विकास गर्न मद्दत गर्ने भएको छ । सगरमाथा नेक्स्टले स्थानीय तथा आगन्तुकहरूलाई उनीहरूको वातावरणीय पद चिन्ह बारे सचेत गराउने र समाधानको हिस्सा बन्ने अवसर प्रदान गर्ने आशा राखेको छ ।

उद्घाटन कार्यक्रममा सगरमाथा नेक्स्टका सह–संस्थापक वरुण सराफ र टमी गुस्टाफसन पनि उपस्थित थिए । सराफ फाउन्डेसन सगरमाथा नेक्स्टको प्रायोजक हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति, डेल टेक्नोलोजी र डेनाली फाउन्डेसन साझेदार हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com