२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

जनताले एमालेलाई माया गरे, आफ्नै नेताबाट पार्टी जोगाउने चुनौति देखियोः अध्यक्ष ओली

जनताले एमालेलाई माया गरे, आफ्नै नेताबाट पार्टी जोगाउने चुनौति देखियोः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै जनताको माया पाएको पार्टीलाई आफ्नै नेताबाट जोगाउन गाह्रो परेको टिप्पणी गरेका छन् ।

जनसंगठन समन्व्य संयन्त्रको बैठकलाई विहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न ठाउँमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरु पद जित्ने जस्तो अवस्था पनि देखिएको बताए ।

ओलीको भनाइ उदृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने( जनताले नेकपा एमाले लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’

पोखरा लगायत देशभरका विभिन्न पालिकामा ६ वटा छाप सूर्यमा हानेर एउटा विपक्षीलाई दिनेदेखि वडा सदस्यहरु सूर्यमा हानेर वडाध्यक्षलाई मत नदिने अवस्था देखिएको ओलीले बताए ।

अन्तर्घातको विवरण देशभरबाट आफूले लिइरहेको ‌ओलीले बताएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com