२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

विप्लव नेकपाले तोक्यो पार्टीको महाधिवेशन मिति

विप्लव नेकपाले तोक्यो पार्टीको महाधिवेशन मिति

जनसेवा न्युज डटकम संवाददाता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । पार्टीको नवौं महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो । १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन अघि ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । यसअघि गत फागुनमा नै महाधिवेशन गर्ने तयारी थियो । तर, स्थानीय तह निर्वाचनमा जाने विषयमा अन्तरविरोध बढेपछि पार्टी विभाजन भएपछि महाधिवेशनको नयाँ मिति तय भएको हो ।

बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले पार्टी विभाजन गर्नेहरूलाई अराजकतावादीको संज्ञा दिए । हेमन्त प्रकाश ओली, खड्ग बहादुर विश्वकर्मा लगायतलाई उनले रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादीको आरोप लगाएका हुन् । महासचिव विप्लवले उनीहरूलाई पार्टीमा फर्किन समेत अनुरोध गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com