२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बेल्जियममाथि नेदरल्याण्डको गोल वर्षा

बेल्जियममाथि नेदरल्याण्डको गोल वर्षा

एजेन्सी । नेदरल्याण्डले बेल्जियममाथि ४१ को जीत निकाल्दै यूईएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ । नेदरल्याण्डको जीतमा मेम्फिस डिपाय नायक रहे । उनले दुई गोल गरे ।

पहिलो हाफको अन्त्यमा स्टिभन बर्गविनले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै डिपायले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा डेन्जेल डम्ब्राइजले तेस्रो गोल गरे ।

लगत्तै डेपायले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । इन्जुरी समयमा मिचु बात्सुयेयीले बेल्जियमका लागि सान्त्वना गोल गरे । खेलमा बेल्जियमले रोमेलु लुकाकुलाई घाइते हुँदै गुमाएको थियो । यो समूहमा पोल्याण्ड र वेल्स रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com