२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

यू–१९ विश्वकप छनोट : यूएईले दोस्रो ओभरमै पूरा गर्‍यो नेपालले दिएको लक्ष्य

यू–१९ विश्वकप छनोट : यूएईले दोस्रो ओभरमै पूरा गर्‍यो नेपालले दिएको लक्ष्य

जनसेवा न्युज संवाददाता

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत यूएई विरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । मलेसियाको यूकेएम ओभलमा नेपालले दिएको ९ रनको लक्ष्य पछ्याएको यूएईले १ ओभर १ बलमा पूरा गर्यो ।

यूएईका लागि थ्रेथा सितास ४ रन बनाउँदा लाभन्ने केनियाले ३ रन बनाइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८ रन बनाएको थियो । नेपालका लागि स्नेहा महराले ३ रन बनाइन, त्यस्तै मनिसा रानाले २ नर बनाउँदा किरण कुवर, अन्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन बनाइन् ।

बलिङतर्फ यूएईका लागि माहिका गौरलले पाँच विकेट लिइन् । त्यस्तै इन्दुजा नजाकुमारले तीन विकेट हात पारिन् । नेपालले दोस्रो खेलमा युएईको सामना गर्दैछ । नेपालले शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराएको थियो ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् । यस्तै नेपालले भुटान विरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसिया विरुद्ध खेल्नेछ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com