२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित

अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग हार व्यहोरेको छ । गएराति कतारको दोहास्थित सुहिम बिन हमाद स्टेडियममा भएको अभ्यास खेलमा नेपालले ओमानसँग २ – ० को हार व्यहोरेको हो ।
एएफसी एसियन कप छनौटका लागि थप अभ्यास र तयारी गर्न कतारमा रहेको नेपाली टोलीले फिफा बरियताको ७५औँ स्थानमा रहेका ओमानलाई २–० को नतिजा निकाल्न सफल भएको हो । जबकी नेपाल फिफा बरियताको १६८औँ स्थानमा रहेको छ ।

खेलमा ओमानका लागि पहिलो हाफको अन्तिमतिर अल– मलिकीले पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफमा इसाम अल सुभीले दोस्रो गोल गरेका थिए । सिनियर खेलाडी समावेश नभएको नेपाली टोलीले सन्तोशजनक खेल प्रदर्शन गरेको थियो ।

यसअघि दुई अध्यास खेल खेलेको नेपालल टिमोर लेस्टेसँग २–२ र श्रीलंकासँग १–१ को नतिजा निकालेको थियो ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले जुन ८ तारीखका दिन जोर्डनसँग पहिलो खेल खेल्नेछ । साथै ११ जुनका लागि आयोजक कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्ने तालिका रहेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com