२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

रुपन्देहीको रोहिणी नदीमा बस पल्टिदा, ९ को मृत्यु

रुपन्देहीको रोहिणी नदीमा बस पल्टिदा, ९ को मृत्यु

रुपन्देही । जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ ।

बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा मृतकको संख्या ९ पुगेपनि उनीहरुको पहिचान भने हुन सकेको छैन । घटनास्थल रोहिणी गाउँपालिका –४ र ओमसतिया गाउँपालिका – ४ को सीमा क्षेत्र हो । तस्बीरमा बस पुलमुनी खसेको देख्न सकिन्छ । बसको अगाडिको भाग पूरै क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार धेरैजसो घाइतेहरुको उद्धार गरेर भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज लगिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com