२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

हालान्डको दुई गोलमा नर्वेको जित

 

एजेन्सी । युइएफए नेसन्स लिगमा नर्वेले जित निकालेको छ । गएराति भएको खेलमा नर्वेले स्वीडेनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

नर्वेलाई जित दिलाउनको लागि दुवै गोल युवा स्टार एर्लिङ ब्राउट हालान्डले गरे । स्वीडेनको एन्थोनी इलांगाले एक गोल फर्काए ।

खेलको २०औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । ७९औं मिनेटमा हालान्डले नै गोल गर्दै नर्वेको अग्रता दोब्बर पारे ।

इन्ज्युरी समयमा इलांगाले एक गोल फर्काए । उनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गरेका थिए ।

यो जितसँगै नर्वेले दुई खेलमा ६ अंक जोडर समुह बीको शीर्षस्थानमा रहेको छ । सर्विया र स्वीडेन समान ३-३ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेको छ । स्लोभेनियाले खाता खोल्न सकेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com