२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

टी–२० विश्वकपः न्युजिल्याण्ड सेमिफाइनलमा !

टी–२० विश्वकपः न्युजिल्याण्ड सेमिफाइनलमा !

१८ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शुक्रबार आयरल्याण्डलाई ३५ रनले पराजित गरेको छ ।

जितसँगै सुपर १२ को समूह ‘ए’ मा ५ खेलबाट ७ अंक जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा छ । गणितीय समीकरणलाई छाड्ने हो भने न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ । न्युजिल्यण्डको रनरेट राम्रो रहेकोले बाँकी दुई खेलमा कुनै अप्रत्यासित नतिजा नआए न्युजिल्याण्ड समूह विजेता नै बन्न सक्छ ।
समूह ‘ए’मा इंग्ल्याण्ड र अष्ट्रेलियाको पनि समान ५ अंक छ । अष्ट्रेलियाले आजै अफगानिस्तानसँग खेल्नेछ भने इंग्ल्याण्डले शनिबार श्रीलंकासँग खेल्नेछ । अष्ट्रेलियाको रनरेट धेरै पछि छ ।

न्युजिल्याण्डलाई सेमिफाइनलमा पुग्नबाट रोक्न समूहको अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई कम्पितमा १८५ रन र इंग्ल्याण्डले श्रीलंकालाई कम्तिमा १२८ रनले हराउनुपर्ने हुन्छ ।

न्युजिल्याण्डको रनरेट २.११३ छ भने इंग्ल्याण्डको ०–५४७ र अष्ट्रेलियाको माइनस ०३०४ छ ।

एडेलेइडमा भएको खेलमा न्युजिल्याण्डले दिएको १८६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि ओपनर पउल स्टरलिङले सर्वाधिक ३७, कप्तान एन्डी बेलब्रिनीले ३० र जर्ज डकरेलल २३ रन बनाए । बलिङतर्फ न्युजिल्याण्डका लकी फर्गुसनले ३ तथा टिम साउदी, मिचेल सान्टनर र इश सोधीले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले कप्तान केन विलियम्सनको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

विलियम्सनले ३५ बल खेल्दै सर्वाधिक ६१ रन बनाए । फिन एलनले ३२ र डेभोन कनवेले २८ रन जोडे भने डारेल मिचेलले २१ बलमा अविजित ३१ रन बनाए ।
आयरल्याण्डका जोस लिटलले ह्यारुट्रिक विकेट लिए । उनले १९ औं ओभरमा कप्तान लियम्सन, जेम्स निसम र मिचेल सान्टरलाई लगातार आउट गरेका थिए ।

उक्त ओभरको दोस्रो बलमा विलियम्सनलाई ग्यारेथ डेलानीबाट क्याचबउट गरेका लिटलले निसम र सान्टनरलाई एल्बीडब्लु धरापमा पारे ।

यस विश्वकपमा ह्याट्रिक विकेट लिने लिटल दोस्रो खेलाडी हुन यसअघि पहिलो चरणमा युएईका कार्तिक मेइयाप्पनले श्रीलंका विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । डेलानीले २ तथा मार्क एडेरले १ विकेट लिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com