२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

सञ्चार माध्यमहरुको संरक्षण गर्ने दायित्व सरकारको हो : मुख्यमन्त्री पोखरेल

 

जनसेवा न्युज डटकम संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सञ्चार माध्यमहरुको संरक्षण गर्ने दायित्व सरकारको भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले लोकतन्त्रको लागि लडेका सञ्चार माध्यमहरुको संरक्षण लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकमा सरकारले नै गर्ने गरेको पनि स्पष्ट पारे ।

सोमबार पोखरामा आयोजित विज्ञापन राष्ट्रिय नीतिसम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको संविधानमा नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएकाले सरकार त्यसको बचाउमा सदैव क्रियाशील हुने दावी समेत गरे । मुख्यमन्त्री पोखरेलले सञ्चार माध्यमहरुको टिकाउमा योगदान पुग्न सक्ने भएकै कारण गण्डकी प्रदेश सरकारले लोककल्याणकारी विज्ञापन दिन सुरु गरेको पनि उल्लेख गरे । सञ्चार माध्यमहरु आफै पनि व्यवसायिक बन्नुपर्ने उनले भनाइ थियो ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्तले प्रदेशको विज्ञापनलाई व्यवस्थित बनाउन प्रदेशमा समेत नीति बनाउन लागेको जानकारी दिए । यसअघि यस खालको कार्यक्रम प्रदेश १ र लुम्बिनी प्रदेशमा सम्पन्न भएको थियो । कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डले प्राप्त सुझावका आधारमा विज्ञापनको राष्ट्रिय नीति जारी गर्न लागेको बताएका थिए । कार्यक्रममा होर्डिङ बोर्ड र त्यसको नियमन तथा अनुगमन, विज्ञापनको राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने विषयवस्तु सम्बन्धमा, विज्ञापन आचारसंहिता, विज्ञापन बोर्डको काम, कर्तव्यरत र अधिकारबारे जानकारी दिइएको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com