२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

इरानमा रेल दुर्घटना कम्तिमा दशको मृत्यु

इरानमा रेल दुर्घटना कम्तिमा दशको मृत्यु

एजेन्सी । मध्य इरानमा बुधबार मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तिमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ ।

घटनामा दश जनाको मृत्यु भएको छ र अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई उद्धृत गर्दै भन्नुभएको छ । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको उहाँले थप जानकारी दिनुभएको छ ।

इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी सञ्चार माध्यमलाई बताउनु भएको छ । ट्र्याकनजिकै रहेको “एउटा उत्खननकर्तालाई ठक्कर दिएपछि पटरीबाट खसेको उहाँले बताउनु भएको छ ।

बुधबार बिहान ५ः३० बजे दुर्घटना भएको यस रेलका ११ वटा डिब्बा मध्ये पाँचवटा ट्र्याकबाट बाहिरिएका आपातकालीन सेवाहरूले जानकारी दिएको छ । सन् २०१६ मा, उत्तरी इरानमा दुईवटा रेलहरू ठोक्किएर भएको आगलागीमा परी ४४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं घाइते भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com