२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षी अनुपस्थित

सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षी अनुपस्थित

जनसेवा न्युज डटकम संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएको छ । प्रदेशसभाको दशौं अधिवेशनको आठौं बैठक बुधबार चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी अनुपस्थित भएको हो ।

बैठकमा प्रतिपक्षी दल जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य मालामती रानाको मात्र सहभागिता रहेको थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उनले सभामुखलाई सोधिन,‘प्रतिपक्षीको कुर्चि सबै खाली छ । म मात्र प्रतिपक्षमा बसेर बैठक चलिरहेको छ । सरकारसँग र सत्तापक्षका प्रदेश सभा सदस्यसँग म प्रश्न गर्न चाहन्छु । प्रतिपक्षी हुनु के हाम्रो अपराध हो । प्रतिपक्ष भनेको सरकारका गलत गतिविधिमा सचेत गराउने हो ।’ उनले आफूलाई पनि सरकारमा सहभागि गराउन आग्रह गरिन् ।

सुदूरपश्चिम प्रदेशको दशौं अधिवेशनको सातौं बैठकमा भने मुख्यमन्त्री र मन्त्री अनुपस्थित रहेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्य कृष्णराज सुवेदीले छलफलमा भाग लिँदै मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित रहेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले भने,‘यो सभामा सरकारका न त मन्त्री उपस्थित छन् । न त मुख्यमन्त्री स्वयं । सत्तापक्षका प्रदेशसभा सदस्यका कुर्चिहरु पनि धेरै खाली रहेका छन् । हामीले कसलाई कुरा सुनाउने हो रु’ उनले सभामा आफूहरुले बोल्नुको औचित्य नै नरहेको प्रतिक्रिया दिएका थिए ।

जसपाकी प्रदेश सभा सदस्य रानाको इशारा सातौं बैठकमा प्रमुख प्रतिपक्षी दलहरुले मुख्यमन्त्री, मन्त्री र सत्तापक्षका प्रदेशसभा सदस्यहरुको अनुपस्थितिलाई लिएर आठौं बैठकमा प्रमुख प्रतिपक्षी दलहरु अनुपस्थित रहेको तिर गएको छ । सातौं बैठकमा उपसभामुख निर्मला बडाल जोशीले सचिवालयका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई मुख्यमन्त्री तथा मन्त्रीहरुको अनिवार्य उपस्थिति गराउन पत्राचार तथा फोनवार्ता गर्न भनी आदेश दिएकी थिइन् । आठौं बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्दबहादुर बोहरा र भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीसहित सत्तापक्षका प्रदेशसभा सदस्यको सहभागिता रहेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कृष्णराज सुवेदीसँग फोन सम्पर्कमा कुरा गर्दा गोदावरीमा संसदीय दलको बैठक बसिरहेकाले सभामा सहभागिता हुन नसकेको बताए । उनले भने,‘अनुपस्थित हुनुको कुनै कारण छैन । हाम्रो दलको बैठक बसेकाले कोही सहभागि हुन पाएनौं ।’

आठौं बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, एकीकृत समाजवादी पार्टीकी प्रदेशसभा सदस्य कुन्ती जोशी, नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य नन्दा कुमारी बम, एकीकृत समाजवादी पार्टीका लालबहादुर खडका, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य महेशदत्त जोशी, नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य दिव्यश्वरी शाह, एकीकृत समाजवादी पार्टीकी प्रदेशसभा सदस्य चुनकुमारी चौधरी, माया बोहरा तामाङ, नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य उमाकुमारी वादी लगायतले सहभागिता जनाएकी थिइन् ।

नीति तथा कार्यक्रममाथिको अर्को छलफल बिहिबार दिनको ३ बजे सञ्चालन हुने छ । उपसभामुख निर्मला बडैला जोशीले बैठक विहिबार ३ बजेसम्मका लागि स्थगित भएको सभामा घोषणा गरेकी थिइन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com