२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

माधव नेपालले भने- नेपालमा विदेशी सेना कुन देशका छन्, कहाँ छन् ?

माधव नेपालले भने- नेपालमा विदेशी सेना कुन देशका छन्, कहाँ छन् ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि देशको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जिज्ञासा राख्दै परराष्ट्र नीतिको ख्याल गर्न पनि सरकारलाई सुझाव दिए ।

प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे संसद र नागरिकलाई जानकारी दिनुपर्ने भन्दै अध्यक्ष नेपालले यसको तयारीबारे पनि जिज्ञासा राखे ।

पहिलोपटक आफूले नेपालमा विदेशी सेना रहेको सुनेको जानकारी दिँदै उनले यसबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण पनि गराए ।

बैठकमा उनले भने, ‘समितिमा धेरै कुराहरू उठेका छन्। विदेशी सेना नेपालमा छन् भन्ने पनि भर्खरै पहिलोपटक सुनेँ। त्यो हो भने गम्भीर कुरा हो। कहाँ छन् ? कुन कुन देशका छन् ?

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com