२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

अर्थमन्त्रीलाई संसद्‌मा जवाफ दिन अवरोध गर्नु गलत : रमेश लेखक

अर्थमन्त्रीलाई संसद्‌मा जवाफ दिन अवरोध गर्नु गलत : रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले एसपीपीबारे कसको सरकारको पालामा के-के भएको हो रु त्यो सबै कुरा वर्तमान सरकारले बाहिर ल्याउनुपर्ने बताए ।

आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीतिलाई निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर निश्कर्षमा पुग्ने र अन्य दलहरूबीच पनि छलफल गरेर सहमतिमा पुग्ने पार्टी भएको उनले बताए । उनले सबै देशसँग आफूहरूले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको र यसलाई काम गरिने पनि स्पष्ट पारे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने कुरा स्वभाविक भएको भन्दै यसबारेमा अनावश्यक टिप्पणी गर्न नहुने धारणा राखे ।

नेता लेखकले संसद्‌मा बजेट बनाउँदा अवाञ्छित गतिविधि भए भन्ने कुरा उठेको भए पनि प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गर्नु र अर्थमन्त्रीलाई संसद्‌मा जवाफ दिन अवरोध गर्नु गलत भएको टिप्पणी गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com