२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

हिंसात्मक प्रदर्शनका कारण बिहारका १२ जिल्लामा इन्टरनेट बन्द

हिंसात्मक प्रदर्शनका कारण बिहारका १२ जिल्लामा इन्टरनेट बन्द

एजेन्सी । अग्निपथ योजनालाई लिएर बिहारमा चर्को हंगामाको बीचमा राज्य सरकारले ठूलो निर्णय गरेको छ। सरकारले धेरै जिल्लामा इन्टरनेट, फोन, मोबाइल सेवा बन्द गरेको छ ।

बिहारका जिल्लाहरूमा इन्टरनेट र टेलिकम सेवाहरू आगामी ४८ घण्टाका लागि बन्द रहने छन् जसमा कैमुर, भोजपुर, औरंगाबाद, रोहतास, बक्सर, नवादा, पश्चिम चम्पारण, समस्तीपुर, लखीसराय, बेगुसराय, वैशाली र सारण समावेश छन्। बिहारको गृह विभागले यो आदेश जारी गरेको हो ।

यी जिल्लाहरुमा दुई दिन दिउँसो २ बजेसम्म इन्टरनेट सेवा बन्द रहनेछ । सरकारले बिहारका धेरै जिल्लामा इन्टरनेट र टेलिफोन, मोबाइल सेवा एकैसाथ बन्द गर्ने निर्णय गरेको यो पहिलो पटक हो । सरकारको यो निर्णयअनुसार १२ जिल्लामा दुई दिनका लागि इन्टरनेट, टेलिफोन, मोबाइललगायतका सामाजिक सञ्जालका धेरै प्लेटफर्म एकैपटक बन्द गरिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com