२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Janasewa News

लाल सागरमा कार्गो जहाज अपहरण गर्न आएका हुथीका तीन डुंगामाथि अमेरिकी हमला

अमेरिका सेनाले लाल सागरका कार्गो जहाजमा हमला गर्न आएको तीन वटा डुंगालाई डुबाएका छन् ।

अमेरिकी हेलिकप्टर सेनाका गनशिपहरूले लाल सागरमा आक्रमणकारीका तीन वटा डुंगा डुबाएका हुन ।

यमनका हुथी विद्रोहीहरूको धम्कीको सामना गर्न जारी राख्दै लाल सागरमा कन्टेनर जहाजमा आक्रमण गर्ने तीन वटा डुंगा डुबाएको अमेरिकी सेनाले जनाएको छ।

ग्लोबल शिपिंग विशाल मार्स्कले सो घटनापछि ४८ घण्टाको लागि रेड सीमा भइरहेको अप्रेसन स्थगित गर्ने घोषणा गरेको छ ।

‘दुई अमेरिकी युद्धपोतहरू (यूएसएस आइसेनहोवर र यूएसएस ग्रेभली)का हेलिकप्टरहरूले सिंगापुरको झण्डा भएको जहाज मार्सक हाङ्जाउबाट एसओएस कललाई जवाफ दिँदै साना डुंगाहरूमा गोली हानेका छन्,’ अमेरिकी केन्द्रीय कमाण्डले भन्यो ।

‘अमेरिकी गनशिपले तीन वटा जहाज डुबाएको र तिनीहरूमा रहेका धेरै चालक दलको मृत्यु भएको छ,’ अमेरिकाले सेनाले भनेको छ । तर, उसले डुबाएको डुंगामा हुथी विद्रोही कति सदस्य थिए ? भन्ने अझसम्म खुलाएको छैन । हुथी विद्रोहीले पनि सो घटनाका बारेमा कुनै प्रतिक्रिया दिइसकेको छैन ।

तर अमेरिकी सेनाका अनुसार लाल सागरका कार्गो जहाजमा अपहरण र हमला गर्न आएका मध्य चौथोँ डुंगा भने भागेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com