२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुँदै

काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुँदै

जनसेवा न्युज डटकम संवाददाता

कर्णालीमा पहिलो पटक प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । यही असार ७ गते अन्तर्राष्ट्रिय ओलम्पिक डे को अवसर पारेर उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

खेलकुद विकास परिषद् कर्णाली प्रदेशको समन्वयमा ‘मिड वेस्टर्न फिटनेस सेन्टर’ को आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए ।

प्रतियोगितामा एक हजार खेलाडीको सहभागिता रहनेछ,’उनले भने,‘ प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने प्रतियोगिताका लागि खुल्ला हाफ म्याराथनमा २१ किलोमिटर दौड हुनेछ । विद्यालय स्तरको छात्रछात्रा तर्फको म्याराथनमा भने ५ किलोमिटर दौड प्रतियोगिता हुने छ ।’

राजधानीको वीरेन्द्रचौकबाट सुरु हुने दौड मंगलगढी चौक हुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । हमालका अनुसार खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेलाई ७१ हजार, दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौथोलाई २० हजार, पाँचौलाई १५ हजार र छैटौँ स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

यस्तै विद्यालय स्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार दिइने बताइएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याले कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको पूर्वतयारी गरिरहेको बताए । उनले भने,‘ त्यसैका लागि अहिले विभिन्न अभ्यास र प्रतियोगिताहरू गर्न लागिएको हो । अहिले भौतिक पूर्वाधारको तयारी तीव्र रूपमा भइरहेको छ । यो म्याराथन प्रतियोगिताले पनि कर्णाली खेलकुदको विकासमा दौडिरहेको सन्देश दिनेछ।’ ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पर्यटकीयस्थल काँक्रेविहारको नामबाट प्रतियोगिता आयोजना गर्न लागिएको हो।

जसले काँक्रेविहारको प्रचार हुने, कर्णालीमा खेल पर्यटनको प्रवर्द्धन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने अपेक्षा गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहनेछन्। प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com