२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

आईजीपी नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ

आईजीपी नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ

काठमाडौँ । आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आज (आइतबार) सुनुवाइ हुँदैछ । सरकारले वैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निणर्य गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ शुरु भएको हो । उक्त दिन बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ । बहस गर्ने अधिवक्ता धेरै हुँदा आज पनि फैसला हुने सम्भावना कम रहेको स्रोतले बताएको छ ।

यसअघि ३० गते तीन डीआईजीको तर्फबाट भने बहस सकिएको छ । यो रिट पनि लगाउमा राखिएकाले सँगै फैसला हुनेछ । सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन् । सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए ।

सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन् । २४ गते नै उनको बिदा सकिएको हो । वैशाख १९ देखि बिदामा थिए । बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com