२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

काठमाडौं । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिइएको छ ।

तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंलाई शनिबार सुनको लौरो उपहार प्रदान गरेका हुन्।

श्री एयरलाइन्सको विमानमार्फत चन्द्रगढी विमानस्थलमा ओर्लिएका दुबईका राजकुमार मोक्तुमलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। स्वागतकै क्रममा राजकुमार मोक्तुमले विमानस्थलमै प्रसाईंलाई सुनको लौरो उपहार दिएका थिए ।

दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार मोक्तुम नेपाल आएको बताइएको छ भने राजकुमार मोक्तुम झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ । राजकुमार मोक्तुमले झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका रहेको पनि बताइएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com