२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

दुई कम्पनीको सेयर निष्काशन गर्न प्रभु क्यापिटल नियुक्त

दुई कम्पनीको सेयर निष्काशन गर्न प्रभु क्यापिटल नियुक्त

जनसेवा न्युज डटकम संवाददाता

प्रभु क्यापिटल, माण्डु हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । माण्डु हाइड्रोपावरले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्दा प्रिमियम मुल्यमा शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो ।

सम्झौतामा माण्डु हाइड्रोपावरको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक श्री दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

यसैगरी माइखोला हाइड्रोपावरको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा पनि प्रभु नै नियुक्त हुने भएको छ । कम्पनीले इलामको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ ।

यसैगरी आजै प्रभु क्यापिटल र ट्रेड टावर लिमिटेडबीच एक सम्झौता भएको छ । ट्रेड टावरले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक शेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त भएको हो । कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com