२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

पोर्चुगलमा क्यान्सरबाट एक नेपालीको मृत्यु

पोर्चुगलमा क्यान्सरबाट एक नेपालीको मृत्यु

लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।

शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए । गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो । रासस

 

ब्

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com