२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

नवनिर्वाचित ससंद्लाई एकमुष्ट शपथग्रहण

काठमाडौं । नवनिर्वाचित २७५ सांसदले आज शपथग्रहण लिदै छ । संसद् सचिवालयले संसद् भवन नयाँ बानेश्वरमा १ बजे शपथग्रहण कार्र्यक्रमको कार्यतालिका बनाएको छ ।

संविधानको धारा ८८ बमोजिम संघीय संसद्‌को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने कानुनी व्यवस्था छ । सबै सांसदलाई ११ बजे नै संसद्‌मा उपस्थित हुन सचिवालयले भनिसकेको छ ।

शपथग्रहण कार्यक्रममा मा सत्ता पक्ष र प्रतिपक्षी नहुने व्यस्था छ । संसद् सचिवालयले दलको नामका आधारमा सबै संसद्‌लाई बस्ने व्यवस्था मिलाइएको हुन्छ ।

अहिले सरकार पक्ष र प्रतिपक्ष भनेर कुर्सी छुटै नहुने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । दलको नामका आधारमा हुन्छ । दल गठन भएका नेता अगाडि बस्ने व्यस्था हुने उनले जानकारी दिए ।

संसद्‌मा १२ वटा दलले प्रतिनिधित्व गर्दैछन् । दुई वा दुईभन्दा बढी सिट जितेका पार्टीले दल गठन गर्ने व्यवस्था छ । १ सिट भएकाले भने पाउँदैनन् । जसमा नेमकिपा र राष्ट्रिय जनमोर्चाको एकएक सिट छ ।

शपथमा नेपाली कांग्रेस, एमाले, माओवादी, नेकपा एस, रास्वपा, जसपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति र लोसपा अगाडि सिटमा बस्न पाउनेछन् । दलको नामअनुसार शीर्ष नेता अगाडि र त्यसपछि क्रमशः आ–आफ्नो पार्टीका सांसद बस्नेछन् ।

सांसदहरूलाई ८० वर्षीय ज्येष्ठ सांसद पशुपतिशमशेर जबराले शपथ खुवाउनेछन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएका छन् । संविधानको धारा ९१ को उपधारा ९५० तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्य जबराले शपथ खुवाउन लागेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com