२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सरकारले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरी वितरणको व्यवस्था मिलाओस् : सांसद पण्डित

सरकारले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गरी वितरणको व्यवस्था मिलाओस् : सांसद पण्डित

काठमाडौं । नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्ट ट्र्याकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहश बनाएको आरोप लगाए । उनले संघीय निजामती विधेयकलाई पनि संसदमा ल्याई पारित गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘२ लाख ५० हजारभन्दा बढी युवाहरु नागरिकतासहित पहिचानको खोजीमा रहेका छन् । सरकारले नागरिकता विधेयकलाई फाष्टट्रयाकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाओस् भन्ने आग्रह गर्न चाहान्छु । संघीय निजामती विधेयक सरकारले फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहश बनाउने काममा लागेको छ ।

उनले थपे, ‘त्यसकारणले संघीय निजामती सेवा ऐन, जुन राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो । त्यो ऐनलाई छिटो संसदमा ल्याइ पारित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।

त्यस्तै, नेकपा ९एमाले०की सांसद बिमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखी सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।

उनले भनेकी छन्, ‘एसईई पास गरेर गरिने स्टाफ नर्स कोर्ष र अनमी कोर्षका विद्यार्थीहरुले एउटै प्रकृतिको काम र जिम्मेवारी वहन गर्नुपर्छ । कोर्ष पुरा गर्न स्टाफ नर्सलाई ३ वर्ष र अनमीलाई १८ महिना राखिएको छ । जसका कारण कामको प्रकृति एउटै भएपनि कार्यक्षेत्रमा गरिने व्यवहार, प्राप्त गर्ने सेवा सुविधामा भने पुरै विभेद रहेको छ ।

उनले थप भनिन्, ‘तसर्थ सेवा अवधि भित्रैबाट आन्तरिक वृत्ति विकास गरी स्टाफ नर्स सरह बन्ने र देश वा विदेशमा काम गर्न जाँदा एउटै दर्जामा राखी मर्यादित काम र मर्यादित सेवा सुविधा प्राप्त गर्नेगरी स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था मिलाइदिओस् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com