२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

जो बाइडेन र सी चिनपिङबीच भेटवार्ताको तयारी !

जो बाइडेन र सी चिनपिङबीच भेटवार्ताको तयारी !

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनपिङबीच भेटवार्ताको तयारी भएको छ । अमेरिकी वरिष्ठ अधिकारीका अनुसार आगामी हप्ता बाइडेन(चिनपिङबीच फोनवार्ता हुने र भेटवार्ताबारे कुराकानी हुनेछ ।

‘दुई नेताबीच केही हप्तामा भेटवार्ता हुने सम्भावना रहेको छ,’ अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने । विश्वका दुई ठूला अर्थव्यवस्था भएका मुलुकका नेताबीच लामो समयदेखि जारी व्यापार विवाद, ताइवान बिषय र यूक्रेन आक्रमणमाथि पश्चिमी प्रतिबन्धको सामना गर्न रूसलाई मद्दत नगर्न बेइजिङलाई आह्वान हुने अपेक्षा गरिएको छ ।

एक हप्ताअघि, बाइडेनले ‘राष्ट्रपति सीसँग वार्तालाप गर्ने’ योजना सार्वजनिक गरेका थिए । ‘हामीले अहिलेसम्म समय तोकेका छैनौं,’ उनले भने । केही दिन अघि उनले ‘छिट्टै’ फोन हुन सक्ने बताएका थिए ।

दुई नेताबीचको अन्तिम भिडियो सम्मेलन मार्च १८ मा भएको थियो । उक्त भेटमा बाइडेनले सीलाई यूक्रेनको आक्रमणमा रूसलाई सहयोग नगर्न चेतावनी दिएका थिए ।

छलफलका प्रमुख विषयहरूमा डोनल्ड ट्रम्पको नेतृत्वमा लगाइएको केही व्यापार शुल्क हटाउने विदेशको सम्भावित निर्णय हुने अपेक्षा गरिएको छ । ट्रम्प प्रशासनले केही चिनियाँ आयातमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउने निर्णय गरेको थियो । उक्त निर्णयले चीन(अमेरिकाबीचको व्यापार विवाद थप बढेको थियो ।

यस दण्ड (अतिरिक्त कर) को उद्देश्य अमेरिकाले व्यापारमा चीनको अनुचित व्यापारिक अभ्यासहरू कम गर्न र अमेरिकी उत्पादकहरूको सुरक्षा गर्नु रहेको बताएको थियो ।

यो कदम राजनैतिक तवरमा अमेरिकामा लोकप्रिय बनेको थियो तर अमेरिकामा ४० वर्षे उच्च मुद्रास्फीतिले गर्दा बाइडेनले मूल्य दबाब कम गर्ने उपाय खोज्ने क्रममा चिनियाँ सामान आयातमा लगाइएका केही अतिरिक्त कर विचार भइरहेको बताएका थिए ।

कुनै पनि निर्णय चाँडै आउनुपर्नेछ किनभने ट्रम्पले लगाएका अतिरिक्त शुल्कहरू छिट्टै नवीकरण नभएमा जुलाई ६ देखि तीमध्ये केहीको म्याद समाप्त हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com