२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अघि बढ्छ : मेयर दाहाल

भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अघि बढ्छ : मेयर दाहाल

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले सो कुरा बताएकी हुन् ।

विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको स्मरण गरिन् । मेयर दाहालले विगतमा राज्यद्धारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाईमा होमिएकाले यसको मर्मअनुसार सबैलाई समान दृष्टिकोण राख्नुपर्ने उल्लेख गरिन् ।

‘पहिचानको अधिकारका लागि लडेर आएका हौ, उनले भनिन्, ‘संर्घषको फलस्वरुप व्यवस्था परिवर्तन भएको छ । अहिले राज्यको महत्वपूर्ण ठाउँमा सबै क्षेत्र, धर्म, वर्ग, समुदायको प्रतिनिधित्व भएको छ ।’ मेयर दाहालले अहिले मगर समुदायबाट राज्यको सम्माननीय पदको नेतृत्व भैरहेको बताउँदै उपराष्ट्रपति नन्दबहादुर पुनको प्रशंसा गरेकी थिइन् ।

उनले भनिन्ः ‘उपराष्ट्रपति नन्दबहादुर पुन तपाईकै समुदायबाट हुनुहुन्छ’ उनले भनिन्, ‘सभामुख ओनसरी घर्ती हुनुभयो, उप्रधानमन्त्री रामबहादुर थापा हुनुभयो । अरु मन्त्रीहरु हुनुहुन्छ । यो पहिचानको लडाईले ल्याएको परिवर्तन हो ।’ मेयर दाहालले मगर समुदाय लगायत सबै समुदायको अधिकारका लागि महानगरपालिकाको अभिभावक भएको नाताले सधै साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com