२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

राहदानीबाट मासिक १ अर्ब बढी राजस्व

राहदानीबाट मासिक १ अर्ब बढी राजस्व

काठमाडौं । राहदानी बनाउने नागरिकको सङ्ख्या बढेसँगै राजस्व असुलीमा समेत वृद्धि भएर मासिक १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै यसको फाइदा सरकारले सङ्कलन गर्ने राजस्वमा देखिएको हो ।

सरकारले राहदानी विभागबाट द्रुत सेवामार्फत बनाएको राहदानीको शुल्क १२ हजार र जिल्लाबाट बनाइएका राहदानीको ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

विभागका निर्देशक शरदराज आरनले कोभिडपछि वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणमा विदेश जाने नेपालीको सङ्ख्या बढेसँगै राहदानी बनाउने र यसबाट उठ्ने राजस्व वृद्धि भएको बताए ।

विभागले हाल दैनिक औसत ६ हजार राहदानी जारी गर्दा लगभग ५१ करोड राजस्व उठ्ने गरेको छ। यसरी उठेको राजस्वमध्ये राहदानीको एक थान तयार गर्न सरकारको लगभग २ हजार जति खर्च हुने गरेको छ ।

विगत २ वर्ष अघिको तुलना राहदानी बनाउने नागरिकको सङ्ख्या तेब्बरले वृद्धि भएर दैनिक ६ हजार पुगेको राहदानी विभागका निर्देशक आरनले जानकारी दिए । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com