२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

प्रचण्डलाई ओलीको प्रश्न–के पाएर जनयुद्ध छाडियो ? हतियार किन उठाइएको थियो ?

प्रचण्डलाई ओलीको प्रश्न–के पाएर जनयुद्ध छाडियो ? हतियार किन उठाइएको थियो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले निहत्था मान्छेको हत्या र राज्यको अर्बौ क्षति पुर्याउँनुबाहेक कुनै पनि औचित्य पुष्टि गर्न नसकेको बताएका छन् ।

शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले हत्या गरेका ओखलढुंगाका एमाले नेता छबी कार्कीको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १७ हजार मान्छे मारेर माओवादीले के पायो ? भन्ने जवाफ दिनुपर्ने बताए ।

ओलीले भने–माओवादीले के का लागि हतियार उठाएको थियो रु आजसम्म उसले जवाफ दिएको छैन । आजको प्रश्न सुनेर भोलि पर्सी प्रचण्डले जवाफ दिए हुन्छ । महान जनयुद्ध उनीहरुले के पाएर छाडे ? बहुदलीय व्यवस्था र विघटित संसदको पुनस्र्थापनाको लागि १७ हजार मान्छे मारेको हो ? फास्ट ट्र्याकबाट सत्तामा जानेबाहेक अरु कुनै उद्देश्य थिएन ।

अध्यक्ष ओलीले पेरुमा साइनिङपाथ नामको माओवादीले ३५ हजार कम्युनिस्ट कार्यकर्ताको हत्या गरेर अन्तिममा आफैं सिद्धिएको उदाहरण दिँदै ओलीले नेपालमा पनि माओवादीले प्रचण्डको नेतृत्वमा एमाले र कांग्रेसका कार्यकर्ताको हत्या गरेको बताए ।

राजाले घोषणा गरेको संसद पुनस्र्थापनालाई जनयुद्धको उपलब्धि मान्ने हो भने त्यो घोषणा आफूले मस्यौदा गरेको भन्दै ओलीले गणतन्त्र,धर्मनिरपेक्ष जस्ता उपलब्धि माओवादी जनयुद्धबाट नभएर पुनस्र्थापित संसदबाट भएको दावी समेत गरे ।

अध्यक्ष ओलीले प्रचण्डपथ भनेको देशलाई अँध्यारो र भड्कालोमा लैजाने पथ भएको भन्दै सबैले भ्रमबाट मुक्त हुनुपर्ने बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com