२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

सबैभन्दा धेरै सदस्य भएको पाटन बारमा आज मतदान हुँदै

सबैभन्दा धेरै सदस्य भएको पाटन बारमा आज मतदान हुँदै

जनसेवा न्युज डटकम संवाददाता

नेपालको ९० वटा बार इकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या भएको पाटन उच्च अदालत बार एसोसिएसनको २०औँ नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ । नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी रहेका छन् ।

प्रगतिशील समूहमा नेकपा ९एमाले० र समाजवादी निकट कानून व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातान्त्रिक समूहमा छन् । नयाँ कार्यसमितिमा पाँच र १४ गरी १९ सदस्य रहनेछन् । जसमा पदाधिकारीका लागि १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् । बार निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार नयाँ कार्यसमितिका लागि बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको र बेलुका ५ः १५ सम्म मतदान जारी रहन्छ । आजै साँझ करिब ७ बजेतिर मतगणना सुरु गरिने निर्वाचन समितिको तयारी छ ।

उक्त बारमा दुई हजार ८२८ मतदाता छन् । दुई वर्षे कार्यकालका लागि उक्त निर्वाचन हुन भएको हो । यसअघि कोभिड–१९ को सङ्क्रमणका कारण नयाँ कार्यसमितिको निर्वाचन हुन केही ढिलाइ भएको थियो । विसं २०७५ भदौ १३ गते अघिल्लो निर्वाचन भएको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com