२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

हामी सेनेटरी प्याड आयात गर्दैनौँ : ब्लुप्रिन्ट ट्रेडिङ

हामी सेनेटरी प्याड आयात गर्दैनौँ : ब्लुप्रिन्ट ट्रेडिङ

काठमाडौंँ । असार २५ : ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्‍चार माध्याममा सेनेटरी प्याड आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ । केही सञ्‍चार माध्यमहरूले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि शनिवार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफुहरूले बच्चाहरूका लागि डाइपर मात्रै आयत गर्ने गरेको स्पष्ट पारेको हो ।

‘विभिन्न सञ्‍चार माध्यामहरूमा ब्लुप्रिन्ट ट्रेडिङ प्रा।लि।का विषयमा बिना आधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाहरूका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो’, कम्पनीका प्रवन्ध निर्देशक हेमन्त बजगाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्‍चार माध्यामहरूमा सेनेटरी प्याड आयत गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहिन समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर आपत्ती छ । ब्लुप्रिन्ट ट्रेडिङले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयत गरेको छैन ।’

केही सञ्‍चार माध्यामहरूले विना आधार सेनेटरी प्याड आयत गर्ने गरेको भन्दै समाचार प्रकाशन गरेका थिए । कम्पनीले आफ्नो स्थापना कालदेखि अहिलेसम्म सेनेटरी प्याड आयतनै नगरेको स्पष्ट पारेको छ । ‘बिना आधार हाम्रो कम्पनीको मानहानी हुनेगरी प्रकाशित र प्रसारित समाचार गलत भएको यसै विज्ञप्ति मार्फत आम नागरिकलाई जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ, ‘सञ्‍चार माध्यामहरूलाई बिना आधार र प्रमाण यस्ता समाचार प्रकाशन गर्दा हाम्रो संविधानले दिएको प्रेस तथा वाक स्वतन्त्रताको दुरुपयोग हुनुका साथै सञ्‍चार माध्यामहरूकै विश्वसनीयतामा प्रश्न उठ्ने हुदा तथ्य र प्रमाणका आधारमा मात्रै समाचारहरू प्रकाशन गर्न पनि हामी अनुरोध गर्दछौं ।’

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com