२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले – अब ४० वर्षपछि तपाईंकै काखमा फर्केको छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले – अब ४० वर्षपछि तपाईंकै काखमा फर्केको छु

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४० वर्षपछि चितवनमा घर बनाएर फर्किएको बताएका छन् । चितवनको सरस्वती युवा क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले चितवनमा घर बनाएर तपाईंहरुकै काखमा फर्किएको बताए ।

शिवनगरको यो १४ नम्बर वडाबाट भरतपुर बसाई सरे । भरतपुरबाट बसाई सरेर काठमाडौ गए । काठमाडौंबाट बसाई सरेर रोल्पा रुकुम फर्केर शान्ति प्रक्रियामा आए’ प्रचण्डले भने, ‘तत्कालीन प्रधानमन्त्री गिरिराजप्रसाद कोइराला र मैले शान्ति सम्झौतामा हस्ताक्षर गरी सकेपछि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसबाट एउटा समावेशी संविधान बन्यो । यो दोस्रो स्थानीय चुनाव पुरा भई प्रदेश र संघको चुनाव हुने क्रममा ४० वर्षपछि तपाईहरुकै काखमा फर्केको छु ।’ आफ्नो बाको नाममा भएको जग्गामा घर बनाएको प्रचण्डले बताए ।

‘मैले शिवनगरमा एउटा सानो घर बनाएको छु । बा बितेपछि बाको नाममा भएको जग्गा मैले केही प्राप्त गरे । त्यहाँ मैले एउटा सानो घर बनाएको छु । आज म त्यो घरभित्र छिरे’ उनले भने, ‘अब ४० वर्षपछि तपाईंकै काखमा फर्केको छु । तपाईको सुख दुःखमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’ अबका दिन यो देशको विकास र समृद्धिमा खर्चिने प्रचण्डले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com