२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

पाँचथर जिल्लामा श्रीमतीको हत्या अभियोगमा पक्राउ

पाँचथर जिल्लामा श्रीमतीको हत्या अभियोगमा पक्राउ

पाँचथर। आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फिदिम नगरपालिका-१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि ३५ वर्षीया श्रीमती निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोग छ ।

राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com