२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

सम्पादकहरुसँग ओली : श्रीलंकासम्म त पुग्ने नै लक्षण देखियो

सम्पादकहरुसँग ओली : श्रीलंकासम्म त पुग्ने नै लक्षण देखियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिलेकै अवस्थाले चल्ने हो भने श्रीलङ्का भन्दा पनि खराब स्थितिमा पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

सम्पादकहरूसँग अन्तरक्रियामा अध्यक्ष ओलीले श्रीलंकाको घटनालाई जोड्दै नेपालको अहिलेको अवस्था यसरी नै अघि बढ्ने हो भने श्रीलंकाभन्दा पनि अघि बढ्न सक्ने बताए ।

उनले भने, ‘कम्तिमा पनि हामी श्रीलंकासम्म त पुग्नै नै लक्षण देखिएको छ । त्योभन्दा अघि बढ्न नि बेर छैन यहिँ ढंगले जाने हो भने । यदि यस अधोगतिमा ब्रेक नलगाउने हो भने कम्तिमा पनि श्रीलंका पुग्छ । त्योभन्दा उँधो खस्न सक्छ। तसर्थ अहिले नै सतर्क हुनुपर्ने अवस्था दख्छौँ ।’

अध्यक्ष ओलीले बजेट निर्माणमा बिचौलिया प्रवेश गराइएको विषय
निकै गम्भीर भएको बताए । उक्त घटना अर्थमन्त्री एक्लैले गर्न नसक्ने र प्रधानमन्त्रीसम्मको सेटिङ हुन सक्ने ओलीको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com