२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

लेवान्डोस्की बार्सिलोना जाने

लेवान्डोस्की बार्सिलोना जाने

जर्मन च्याम्पियन क्लब बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्की स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुने भएका छन् । बार्सिलोनाले लेवान्डोस्कीलाई ४२Þ–५ मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।

लेवान्डोस्की बार्सिलोनामा मेडिकल परिक्षणका लागि आइतबार स्पेन जानेछन् । बार्सिलोनामा लेवान्डोस्कीले तीन वर्षको सम्झौता गर्ने भएका हुन् । पोल्याण्डका स्टार खेलाडी लेवान्डोस्कीको बायर्नमा अझै एक सिजन सम्झौता बाँकी छ । सन् २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न म्युनिख आएका लेवान्डोस्कीले क्लबका लागि ३७५ खेल खेलेर ३४४ गोल गरेका छन् ।

युरोपका उत्कृष्ट पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा लेवान्डोस्की छन् । लेवान्डोस्कीले पोल्यान्ड राष्ट्रिय टोलीबाट १३२ खेल खेल्दै ७६ गोल गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com