२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मनमोहन सिंह ह्विलचेयरमा राष्ट्रपति चुनावमा मतदान गर्न पुगे

एजेन्सी । भारतमा आज देशको भावी राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसका लागि संघीय संसद र विभिन्न राज्यको विधानसभामा मतदान भइरहेको छ ।

सो अवसरमा पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह पनि मतदान गर्न संसद पुगेका थिए ।

मतदान गर्दै गर्दा उनका जुन तस्बिर सार्वजनिक भएका छन्, त्यसमा उनी निकै कमजोर देखिएका छन् । ८९ वर्षीय मनमोहन सिंह ह्विलचेयरबाट संसद भवन पुगे र केही मानिसहरुको मद्दतले आफ्नो भोट हाले ।

भारतमा आर्थिक सुधारको श्रेय डा. सिंहलाई दिइन्छ । उनी लगातार १० वर्षसम्म भारतका प्रधानमन्त्री पनि रहे ।

पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको यो ताजा तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । मानिसहरु उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com