२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

४ बर्षीया बालिका बलात्कार गरेर हत्या गरेको आरोपमा नाबालकसहित २ सलमान खान पक्राउ

४ बर्षीया बालिका बलात्कार गरेर हत्या गरेको आरोपमा नाबालकसहित २ सलमान खान पक्राउ

वीरगञ्ज । वीरगञ्जमा ४ वर्षीय बालिकाको बलात्कार गरि हत्या गरेको आरोपमा पर्सा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, वडा नम्बर १६ का १८ वर्षीय सलमान खान र १२ वर्षीय बालक रहेका छन् ।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न एक आरोपित व्यक्ति फरार रहेको छ ।

गत श्रावण ६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बालिका हराएको उनको हजुरबुवाले उजुरी दिएका थिए ।

उक्त उजुरीको आधारमा खोजी कार्य गर्दै जाँदा वीरगञ्ज महानगरपालिका वडा नं.२ छपकैया स्थित खाली जग्गाको झाडीमा उक्त हराइरहेकी ४ वर्षीया बालिकाको मृत शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतका अनुसार अनुसन्धानको क्रममा बालिका हत्यामा १२ वर्षीय वालकको संलग्नता रहेको खुल्न आएको थियो ।

बालकलाई सोधपुछ गर्ने क्रममा अन्य ३ जनाको समेत संलग्नता रहेको बताईएको थियो ।

उक्त हराएकी वालिकालाई सामूहीक जबरजस्ती करणी पश्चात कर्तव्य गरी मारेको थप अनुसन्धानमा खुल्न आएको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो ।

मृतक वालिकाको शव पोष्टमार्टम पश्चात अन्त्येष्टीका लागि परिवारको जिम्मा लगाइएको र पक्राउ परेको आरोपितहरू विरुद्ध जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।

फरार रहेको १ जना अभियुक्तको पहिचान भैसकेको र उनको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com