२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

अछाममा पहिराले घर पुरिँदा ३ जनाको मृत्यु, एक घाइते

अछाममा पहिराले घर पुरिँदा ३ जनाको मृत्यु, एक घाइते

अछाम । गए राति पहिरो खस्दा घर पुरिएर ३ जनाको मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा घरभित्र सुतिरहेका तीन जनाको पहिरोका कारण मृत्यु भएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन् । उनीहरुको परिचय खुल्न बाँकी छ । यसैगरी घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको अछाम प्रहरीले जनाएको छ ।

दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा गएराति नै प्रहरीको टोली खटिए पनि अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com