२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

साफ यु-२० : नेपालले आज श्रीलंकाको सामना गर्ने

साफ यु-२० : नेपालले आज श्रीलंकाको सामना गर्ने

पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु–२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रँदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा खेल नेपाली समय अनुसार आज साझ सवा ७ बजे सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई ४–० अन्तरले हराउँदै नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ । पेपरमा कमजोर मानिएको श्रीलंकालाई पराजित गर्दै नेपाल लगातार ६ अंक जोड्न चाहन्छ ।

पहिलो खेलमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीको गोलमा प्रशिक्षक मेघराज केसीको नेपालले बल पोजिसन सहित उत्कृष्ट फिनिसिङ गरेको थियो । दोस्रो खेलमा समेत केसीले उहीँ प्लेइङ सेटलाई मौका दिने सम्भावना रहेको छ । केसी आयुष घलानको कप्तानीमा उहीँ सेटबाट सोही प्रदर्शन निरन्तरता दिन चाहन्छन् ।

श्रीलंका भने नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा श्रीलंका बंगलादेशसंग १–० अन्तरले पराजित भएको थियो । यसअघि १९ र १८ वर्षको उमेर समुहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समुहमा हुन लागेको हो ।

यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो । प्रतियोगितामा नेपालले भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । आयोजक भारत, नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको टिममा गोलकिपरमा ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख, रक्षकमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा रहेका छन् । त्यसैगरी मिडफिल्डरमा आयुश घलान (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी, स्ट्राइकरमा रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com