२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

कम्युनिस्ट शक्तिहरुमध्ये ‘माओवादी केन्द्र’ पहिलो बनाउने गरी लागिपरेका छौं : अध्यक्ष दाहाल

कम्युनिस्ट शक्तिहरुमध्ये ‘माओवादी केन्द्र’ पहिलो बनाउने गरी लागिपरेका छौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी आफूहरू लागेको बताएका छन् । अध्यक्ष दाहालले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको उल्लेख गर्दै कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी आफूहरू लागेको बताएका हुन् ।

शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भनेका छन्, ‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ । त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’

यस विषयमा गठबन्धन दलका नेतृत्वमा समझदारी रहेको बताउँदै उनले भनेका छन्, ‘यसमा कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईँहरू ढुक्क हुनुस गडबड हुन दिइँदैन यो पटक स्थानीय तहको जस्तो ।’

उनले थपे, ‘त्यसपछि देशलाई यसरी विकास, सुशासन र यसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर देशलाई देखाउनु छ ।’ व्यक्तिगत रूपमा आफ्नो यो निर्वाचन ‘लास्ट इनिङ’ रहेको बताउँदै अध्यक्ष दाहालले फेरि भने, ‘मेरो भन्ने हो भने लास्ट इनिङ होस र लास्ट इनिङ पछि सम्मको सन्ततिलाई सम्झने गरी होस भन्ने गरी देशलाई केही दिने गरी मेरो सपना छ ।’

गत स्थानीय चुनावमा नै माओवादी केन्द्र दोस्रो पार्टी हुने अवस्थामा आफ्नै पार्टीभित्रका घात अन्तर्घातले असर गरेको उनले बताए । उनले भनेका छन्, ‘५० वटा पालिका जितेका बचाउन सकेको भए देशको दोस्रो र लेफ्टको पहिलो पार्टी हुन्थ्यौँ । १७५ सिट जित्छौँ भन्ने थियो हाम्रो । ५० सिट नगुमेको भए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com