२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

काठमाडौँ महानगरले पूर्वाधार निर्माणको मूल्यांकन गर्ने फर्महरूको खोज्यो

काठमाडौँ महानगरले पूर्वाधार निर्माणको मूल्यांकन गर्ने फर्महरूको खोज्यो

काठमाडौँ । पूर्वाधारसँग सम्बन्धित आयोजनाहरूको गुणस्तर परीक्षण गर्ने रजिस्टर्ड फर्म, संघ र संस्थालाई काठमाडौँ महानगरपालिकाले सम्पर्क गर्न अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७९/ ८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतका पूर्वाधारसँग सम्बन्धित आयोजनाहरूको गुणस्तर परीक्षण महानगरपालिकामा दर्ता भएका संस्थाले मात्र गर्ने व्यवस्था रहेकाले इच्छुक फर्म, संघ र संस्थालाई सम्पर्क गर्न आग्रह गरेको हो

महानगरले जारी गरेको सूचनामा लेखेको छ,’ इच्छुक रजिस्टर्ड फर्म, संघ र संस्थाले महानगरको खरिद एकाइ जेडीए भवन सुन्धारामा मौजुदा सूचीमा सूचीकृत हुन यो सूचना प्रकाशित गरिएको छ ।’

त्यसैगरी, महानगरभित्र निर्माण भएका भौतिक पूर्वाधारको मूल्यांकन गर्न कन्सल्टेन्सीलाई पनि सम्पर्क गर्न आग्रह गरेको छ ।

निर्माण भएका संस्थालाई उचित मूल्यांकन गरी भुक्तानी गर्नुपर्ने भएकाले परामर्श दाताले आफ्नो संस्थामा भएका जनशक्तिको विवरणसहित खरिद शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com