२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सार्वजनिक यातायातको भाडा वृद्धिको अनुगमन गर्न निर्देशन

सार्वजनिक यातायातको भाडा वृद्धिको अनुगमन गर्न निर्देशन

जनसेवा न्युज डटकम संवाददाता

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरूसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् ।

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरूसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् । उनले सडक अतिक्रमण गरी सडक सीमाभित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन् । सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिइन् ।

उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरूको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट– मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिइन् । सभापति खड्काले वातावरण, प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधानसहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com