२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

असोज २३ मा उम्मेदवारी दर्ता, मंसिर १ गते रातिदेखि प्रचारप्रसारमा रोक लगाइने

असोज २३ मा उम्मेदवारी दर्ता, मंसिर १ गते रातिदेखि प्रचारप्रसारमा रोक लगाइने

काठमाडौं । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्ष तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुने छ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ ।

एक आयुक्तका अनुसार प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुने आयोगले जनाएको छ । असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने उनले बताए ।

असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइनेछ । मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com