२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

कसैको अपमान गरेर तालमेल हुँदैन, सबैलाई समान हुने बुटी खोज्नुपर्छु : झलनाथ खनाल

 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्केपछि नेता खनालले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सिट बाँडफाँट गर्न गर्नुपर्ने बताएका हुन् ।

नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले गठबन्धनमा सहभागी दललाई अपमान गरे तालमेल नहुने चेतावनी समेत दिए । सबै दललाई समान रूपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘गठबन्धन आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचन, भर्खरै सम्पन्न स्थानीय निर्वाचनको परिणामका आधारमा उभिएर तालमेल हुनुपर्छ । सबैलाई समान हुने ढंगले तालमेल गर्नुपर्छ, उनले भने, ुकसैले अपमान गरेमा ऊ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ ।’

उनले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि सम्भावना नरहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com