२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

संक्रमणकालीन न्यायको प्रक्रियामा पुनः सिफारिस समिति बनाउन प्रमुख तीन दलका शीर्ष नेताहरू सहमत

काठमाडौं । प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न सहमत भएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमत भएका हुन् ।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित यस्तै समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन ।

‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस कमिटी सर्च कमिटी गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरूसँग परामर्श भयो । सोही अनुसार कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भयो,’ बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले भने ।

उक्त समितिको म्याद सकिएपछि संक्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com