२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

जनसेवा न्युज डटकम संवाददाता

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेलको मापदण्ड र मोडालिटी तयार पार्न कार्यदलको बैठक बस्दैछ । सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्न आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

कार्यदलको साउन २३ गते बसेको बैठकमा कार्यदलका सदस्यले आ आफ्नो दलको निर्णय सुनाएका थिए । योबीचमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेलबारे आफ्नो आन्तरिक छलफल गरेका थिए ।

आजको बैठकमा सिट बाँडफाँट​को आधार र मापदण्डबारे प्रस्ताव राखेर छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदललाई भदौ पहिलो साताभित्र चुनावी तालमेलको मापदण्ड र मोडालिटी बनाएर प्रतिवेदन बुझाउन भनिएको छ ।

तोकिएको समयभित्र प्रतिवेदन बुझाइने गरी कार्यदलले काम थालेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको भनाइ छ । कार्यदलले तयार पारेको मापदण्डका अनुसार गठबन्धनका शीर्ष नेताबारे सिट बाँडफाँट गर्ने छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com