२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्छ : प्रधानमन्त्री देउवा

विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवसरहीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्र्ने बताएका हुन् ।

उनले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताए । उनले विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताए ।

उनले भने, ‘विश्वविद्यालयका समस्या, चुनौतीहरुलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु । यसमा प्राध्यापक संघको पनि आवश्यक भुमिकाको अपेक्षा गर्दछु । कुनै पनि मुलकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ ।’

उनले थपे, ‘विश्वविद्यालयहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ ।’

उनले विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन प्राध्यापकहरु प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगि, रोजगारमुलक बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘विश्वविद्यालयको पठन–पाठनलाई गुणस्तरीय, समसामयिक, प्रविधिमैत्री हुनेगरी अघि बढाउने मुल जिम्मेवारी पाएका प्राध्यापकहरुले उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगि, रोजगारमुलक बनाउने, देश र जनताको हितमा आफूलाई अझ समर्पित गर्दै लानुहुनेछ भन्ने अपेक्षा छ ।’

उनले विश्वविद्यालयहरुका समस्याहरुलाई आपसी संवादमा समाधान गर्नुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com