२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

गायिका स्मिता घिमिरेको निधन

गायिका स्मिता घिमिरेको निधन

जनसेवा न्युज डटकम संवाददाता

गायिका स्मिता घिमिरेको निधन भएको छ । करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिकाको सोमबार साँझ ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मोरङ समाज काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको असामयिक निधनले मोसका परिवार मर्माहत भएको जनाएको छ । समाजका अध्यक्ष नरेन्द्र खतिवडाद्वारा जारी सूचनामा भनिएको छ, ‘अन्तिम दाहसंस्कार पशुपति आर्यघाट आज मिति २०७९ साल श्रावण ३० गते सोमबार बेलुका ९ बजे गरिनेछ ।’

घिमिरे पछिल्लो पटक बोनम्यारोको क्यान्सरबाट पीडित थिइन् । उनको सोमबार साँझ नै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । गायिका घिमिरेले थुप्रै नेपाली गीतहरू गाएकी छन् । केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत उनले सार्वजनिक गरेकी थिइन् । ४–५ वर्षको उमेरदेखि नै गायनमा सक्रिय उनले संगीतकार दीपक जंगमसँग संगीतको औपचारिक प्रशिक्षण लिएपछि व्यवसायिक रुपमा गायन क्षेत्रमा काम थालेकी थिइन् ।

मनोविज्ञान र नेपालीमा स्नातक गरेकी गायिका घिमिरेले यो अवधिमा सुगम संगीतमा आधारित थुप्रै गीत तथा गीति संग्रह सार्वजनिक गरेकी थिइन् । सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएको थियो ।

प्रशस्त आत्मविश्वासले भरिएकी ऊर्जाशील गायिका घिमिरेले काठमाडौंमै स्तन क्यान्सरको शल्यक्रिया गराएर त्यसमाथि विजय प्राप्त गरेकी थिइन् । केही साताअघि नेपाली कलाकारहरुको एक समूहले गायिका घिमिरेलाई उनकै निवासमा पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com