२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

दीपशिखा नागपाल : दुई बिहे गरेर पनि सिंगल, टिभीदेखि बलिउडमा छाप

दीपशिखा नागपाल : दुई बिहे गरेर पनि सिंगल, टिभीदेखि बलिउडमा छाप

एजेन्सी । कुनै समय बलिउडदेखि टीभीसम्म राज गर्न सफल अभिनेत्री दीपशिखा नागपालको आज ९शनिबार० ४५ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । २८ वर्षदेखि अभिनय कौशल देखाउँदै आएकी उनी सानो पर्दाको समेत चर्चित अनुहार हुन् । थुप्रै फिल्मसमेत अभिनय गरेकी उनको रिल र रियल लाइफ दुबै उतारचढावले भरिएको छ । जन्मदिनको विशेष अवसरमा उनको जीवनसँग केही जानकारी यस्ता छन् ।

फिल्मी चर्चा
दीपशिखा नागपालको जन्मप्रसिद्ध लेखक तथा अभिनेता अश्विनी नागको घरमा भएको थियो । उनकी आमा श्रद्धा पचोटिया पनि अभिनेत्री थिइन् । त्यसैले उनको झुकाव फिल्म क्षेत्रमा हुनु स्वभाविक हो ।

उनले सन् १९९४ मा फिल्म ‘बेताज बादशाह’ बाट अभिनय करियरको सुरुवात गरेकी थिइन् । त्यसपछि उनले धेरै फिल्ममा अभिनय गरिन् । तर उनलाई शाहरुख खानको ‘कोयला’ र ‘बादशाह’ जस्ता फिल्मबाट चिन्ने गरिन्छ । यसपछि उनले अभिनय गरेको फिल्मले भने खासै चर्चा दिलाउन सकेन ।

सानो पर्दामा फड्को
दीपशिखाले सन् १९९६ मा ‘दास्तान ए हातिमताई’ सानो पर्दामा डेब्यु गरेकी थिइन् । यस सिरियलमा महत्वपूर्ण भूमिका निर्वाह गरेपछि दीपशिखाले ‘सोनपरी’, ‘शरारत’, ‘बाल वीर’, ‘मधुबाला एक इश्क एक जुनून’ जस्ता सिरियलमा काम गरिन् । यससँगै दीपशिखाले सन् २०१४ मा टिभीको सबैभन्दा विवादित शो बिग बोसको सिजन ८ मा पनि भाग लिइन् । तर जित्न सकिनन् ।

दुई विवाह
दीपशिखाले सन् १९९७ मा अभिनेता जीत उपेन्द्रसँग विवाह गरेकी थिइन् । तर उनी सन् २००७ मा जीतसँगै अलग भइन् । त्यसपछि उनले सन् २०१२ मा मोडल केशव अरोरासँग विवाह गरेकी थिइन् । २०१६ मा केशवसँग अलग भइन् ।

दीपशिखाका पहिलो विवाहबाट दुई सन्तान विधिका र विवान छन् । अभिनेत्रीको दोस्रो सम्बन्धविच्छेदका बेला केशवसँग उनको धेरै विवाद भएको थियो । रिपोर्टका अनुसार सन् २०१६ मा केशव र दीपशिखाबीच ठूलो झगडा भएको थियो । दीपशिखाले केशवविरुद्ध एफआईआर पनि दर्ता गराएकी थिइन् । जसमा केशवमाथि घरेलु हिंसाको आरोप समेत थियो ।

परवीन लुक्स
दीपशिखा नागपाललाई ७० र ८० को दशककी चर्चित अभिनेत्री परवीन बाबीको लुकको रुपमा पनि चिनिन्छ । उनको लुक्सदेखि लिएर उनको ग्ल्यामरस स्टाइल सबै परवीन बाबीसँग मिल्दोजुल्दो छ । जसका कारण मानिसहरुले उनलाई परवीन समेत भन्छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com