२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

नवप्रवेशीलाई जिम्मेवारी दिन एमालेको निर्देशन

नवप्रवेशीलाई जिम्मेवारी दिन एमालेको निर्देशन

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेले विभिन्न पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापन गर्न विशेष निर्देशन दिएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्देशन दिएको हो ।

त्यसको कार्यविधि नै बनाएर देशभर पार्टी प्रवेश गरेकाहरूको विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले एमालेप्रति जनलहर बढेको भन्दै पार्टी प्रवेशलाई निरन्तरता दिने निर्णय गरेको छ ।

‘नवप्रवेशीहरुलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा मनोनयन गर्न र समस्या भएमा माथिल्लो कमिटीसँग समन्वय गर्न निर्देशन दिइएको छ’, प्रचार विभाग प्रमुख गुरुङले भने, ‘विभिन्न दलबाट प्रवेश गरेका केन्द्रीयस्तरका नेताहरुलाई सल्लाहकार र केन्द्रीय कमिटीमा गरेको मनोनयन अनुमोदन पनि गरेको छ ।’

एमालेले केन्द्रीय सल्लाहकार परिषदमा काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बागलुङका नवराज पौडेललाई मनोनयन गरेको छ भने माओवादीबाट प्रवेश गरेका जीवन गौतम, काँग्रेसबाट प्रवेश गरेका अमृत राजवंशी र सांसद बृजेश गुप्तालाई केन्द्रीय सदस्यमा सचिवालयले गरेको मनोनयनलाई स्थायी कमिटीले अनुमोदन गरेको छ ।​

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com