२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

घरेलु मैदानमा लिभरपुलको पुनरागमन जित

घरेलु मैदानमा लिभरपुलको पुनरागमन जित

एजेन्सी । फावियो कार्भाल्होले खेलको इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई पनरागमन जित दिलाएका छन् । बुधबार राति घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै लिभरपुलले न्युकासल युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो ।

लिभरपुलको पूनरागमन जितमा रोबर्टो फिर्मिनो र फावियो कार्भाल्होले एक–एक गोल गरे । उता न्यूक्यासलका एलेक्सान्डर इसाकले एक गोल गरे । खेलको ३८ औं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले पछि परेको लिभरपुले दोस्रो हाफमा दुई गोल गरेको हो । ६१ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

यस जितसँगै लिभरपुलले ५ खेलमा ८ अंक जोडेको छ । लिभरपुल तालिकाको पाँचौं स्थानमा छ । पराजित न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा छ । बुधबार राति नै भएको अर्को खेलमा टोटेनहम वेस्ट ह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com