२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

साफ महिला च्याम्पियनसीपको उद्घाटनमा नेपाल र भुटान भिड्दै

साफ महिला च्याम्पियनसीपको उद्घाटनमा नेपाल र भुटान भिड्दै

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट छैटौँ संस्करणको साफ महिला फुटबल च्याम्पियनसीप सुरु हुँदैछ । च्याम्पियनसीपको उद्घाटन खेलमा समूह ‘बी’ मा रहेका नेपाल र भुटानबीच खेल हुनेछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

चार पटकको उपविजेता नेपालले भुटानलाई पराजित गर्दै च्याम्पियनसीपमा विजयी सुरुवात गर्न चाहन्छ । यता भुटानले भने घरेलु टोलीलाई स्तब्ध तुल्याउने अपेक्षासहित मैदानमा उत्रनेछ ।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपालले च्याम्पियनसीपको उपाधि जित्ने लक्ष्य राखेको छ । एन्जिलाले नेपाललाई उपाधि दिलाउने लक्ष्य रहेको समेत बताएकी छन् ।

यता मुख्य प्रशिक्षक कुमार थापा पनि नेपालको उपाधिको खटेरी तोड्ने लक्ष्यसहित च्याम्पियनसीपमा सहभागिता जनाउन लागेको जनाएका छन् ।

भुटानलाई भने घरेलु टिमविरुद्ध खेल्न त्यति सजिलो भने पक्कै पनि हुनेछैन । कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा आयोजक नेपालसँगको खेल सहज नहुने धारणा राखेकी छन् । घरेलु समर्थकसामु खेल्दा मानसिक रूपमा पनि कठिन हुने उनको भनाइ छ ।

समूह ‘बी’ मा नेपाल, भुटान र श्रीलंका रहेका छन् । नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध सेप्टेम्बर १२ मा खेल्नेछ । समूह ‘ए’ मा भने पाँच पटककै विजेता भारतसहित पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com